नबिलद्वारा रोग उपचार तथा मृत्यु बिमाबापत २ करोड भुक्तानी


  • Shangrila Dev Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
नबिलद्वारा रोग उपचार तथा मृत्यु बिमाबापत २ करोड भुक्तानी

ग्राहकलाई थप सुविधा पुगेकाले योजनालाई निरन्तरता दिने बैंकको भनाइ

नबिल बैंकले आफ्ना व्यक्तिगत बचतकर्ता ग्राहकका लागि ल्याएको रोग उपचार तथा मृत्यु बिमा दाबी भुक्तानीअन्तर्गत २ करोड १ लाख ७५ हजार प्रदान गरेको छ । बैंकले योजना सुरु गरेको १ वर्षको अवधिमा दाबी गर्ने ग्राहकलाई २ करोडभन्दा बढी भुक्तानी दिएको हो । बैंकले मेटलाइफ बिमा कम्पनीको सहकार्यमा ०७५ साल मंसिरदेखि आप्mना व्यक्तिगत बचतकर्तालाई ३ लाखको घातक रोग बिमा तथा ७५ हजार रुपैयाँको मृत्यु बिमा गरिदिने योजना सञ्चालन गरेको थियो ।

योजनाअन्तर्गत एक वर्षमा ८६ बचतकर्तालाई दाबी भुक्तानी गरेको बैंकले जनाएको छ । योजना लोकप्रिय हुँदै गएको र यसले ग्राहकलाई पनि सहयोग पुगेकाले यसलाई निरन्तरता दिने निर्णय गरेको बैंकको भनाइ छ । योजनाअन्तर्गत बैंकले दैनिक मौज्दातमा २५ हजार रुपैयाँ वा त्योभन्दा बढी हुने १६ वर्षदेखि ६४ वर्षसम्मका ग्राहकलाई समेटेको छ ।

योजनाअन्तर्गत मेजर क्यान्सर, स्ट्रोक, पहिलो हर्ट अट्याक, सियरियर कोरोनरी आर्टरी डिजिज, हर्ट भल्भ सर्जरी, प्राइमरी पल्मोनरी हाइपर टेन्सन, एन्ड स्टेज लङ डिजिज, अन्तिम अवस्थाको लिभर फेलियर, फुलमिनान्ट हेपाटाइटिस, किड्नी फेलियर, कोमा, प्लास्टिक एनिमिया, मेजर अर्गान÷बोन म्यारो ट्रान्सप्लान्ट गरी १३ प्रकारका घातक रोगको उपचारका लागि ३ लाख रुपैयाँको बिमा गरिएको जनाइएको छ । 

...

Read More
  • MBL - below news