सनराइज बैंकको रिकरिङ्ग खाता संचालनमा


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
सनराइज बैंकको रिकरिङ्ग खाता संचालनमा

काठमाडौं । सर्वसाधारणलाई विभिन्न सेवा र सुविधा दिदैं आएको सन्राइज बैंकले सर्वसाधारणमा बचत गर्ने बानीको  विकास गराउने उदेश्यका साथ सन्राइज रिकरिङ्ग खाता संचालनमा ल्याएको छ । 

उक्त खातामा बचत खातामा जसरी रकम जम्मा गर्दै जान सकिनेछ भने व्याज मुद्घति खाता सरह पाइनेछ । आवश्यकता अनुसार १ देखि ५ वर्षका लागी बचत गर्न सकिने उक्त योजनामा दैनिक, साप्ताहिक वा मासिक रुपमा रकम जम्मा गदै जान सकिने बैंकले जनाएकाे छ ।

खाता खोल्दा न्युनतम बचत रु. १००० र त्यस पछि एक पटकमा न्युनतम रु. ५०० वा ५०० को गुणाका दरले जम्मा गर्दै जान सकिनेछ । सजिलो र  सुरक्षित हिसाबले बचत खाताको पैसा नियमित रुपमा मुद्घति खातामा जम्मा हुदैं जाने र मोवाइल बैंकिङ्ग र इन्टरनेट बैंकिङ्गबाट पनि सजिलै पैसा जम्मा गर्न सकिने बैंकले जनाएको छ ।  

Read More
  • MBL - below news