सोमवारबाट १४ अर्बको ट्रेजरी बिल जारी हुँदै, क– कसले भाग लिन पाउँछन् ?


  • KBL News Ad
  • ADBL
  • City Express
सोमवारबाट १४ अर्बको ट्रेजरी बिल जारी हुँदै, क– कसले भाग लिन पाउँछन् ?

पुस २७, काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमवार रू.१४ अर्बको ट्रेजरी बिल जारी गर्ने भएको छ । अपरान्ह दुई बजेसम्म उक्त परिमाणको ट्रेजरी बिल विक्री गर्न लागिएको राष्ट्र बैकले बताएको  छ ।

ट्रेजरी खरीद गर्न बाणिज्य बैंक, बिकास बैंक र फाईनान्स कम्पनीहरुले पाउने छन् । राष्ट्र बैंकका अनुसार विक्री गरिने कुल ट्रेजरी मध्येमा ९१ दिने अवधिको रू.८ अर्ब र १८२ दिने अवधिको रू.६ अर्बको रहेको छ ।

जसअनुसार ९१ दिने ट्रेजरीको परिपक्व हुने  अवधि विसं २०७७ बैशाख २ गते रहेको छ भने १८२ दिने ट्रेजरीको परिपक्व हुने अवधि विसं २०७७ असार ३० गते रहेको छ ।  

Read More
  • EBL Ad news