नेपाल इन्स्योरेन्सबाट आइएमई ग्रुप बाहिरीदै, आइएमई जनरलसँग मर्जर नहुने


  • KBL Ad
  • Prabhu Bank Limited (PRVU)
नेपाल इन्स्योरेन्सबाट आइएमई ग्रुप बाहिरीदै, आइएमई जनरलसँग मर्जर नहुने

नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेड (NICL) बाट आइएमई ग्रुप बाहिरीने भएको छ । आइएमई ग्रुपले आफ्नो स्वामित्वमा रहेको शेयर बिक्री गरेर नेपाल इन्स्योरेन्सबाट बाहिरीन लागेको हो ।

आइएमई ग्रुप अन्तर्गत रहेका आइएमई लिमिटेड, आइएमई इन्भेष्टमेन्ट र आइएमई होल्डिङ्गले आफ्नो नाममा रहेको नेपाल इन्स्योरेन्सको शेयर बिक्री गर्न लागेका हुन् ।

प्रत्येक कम्पनीले आफ्नो नाममा रहेको ७ लाख १९ हजार २०५ कित्ता गरी कुल २१ लाख ५७ हजार ६१५ कित्ता संस्थापक शेयर प्रति कित्ता न्युनतम ३२५ रुपैयाँमा बिक्री गर्न लागेका हुन् ।

उक्त संस्थापक शेयर खरिद गर्न इच्छुक हाल कायम संस्थापक शेयरधनीहरुलाई पहिलो प्राथमिकता दिएको छ । कम्पनीका संस्थापक शेयरधनीहरुले ३५ दिन भित्र आवश्यक कागाजपत्र पेश गर्नुपर्ने सूचनामा उल्लेख छ ।

बीमा समितिले क्रश होलिङ्ग भएका बीमा कम्पनीहरुलाई मर्जरमा जान दबाब दिदै आएको थियो । आइएमई ग्रुपको नेपाल इन्स्योरेन्स र आइएमई जनरल इन्स्योरेन्समा लगानी रहेको छ ।

Read More
  • EBL