• MBL - below notice
  • NABIL Bank Ads

Download Print

EPS घट्यो, NPL बढ्यो — कृषि विकास बैंकको त्रैमासिक नतिजाले के देखाउँछ ?

काठमाडौं - कृषि विकास बैंक लिमिटेडको चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेकाे छ। बैंकले तेस्राे त्रैमाससम्म १ अर्ब ८४ करोड ४३ लाख रुपैयाँ खुद नाफा कमाएको छ, जुन अघिल्लो वर्षको सोही अवधिमा कमाएको २ अर्ब ५ करोड ३१ लाख रुपैयाँको तुलनामा १०.१७ प्रतिशतले घटेको हो।

नाफा घट्नुको प्रमुख कारण खुद ब्याज आम्दानीमा आएको गिरावट हो। गत वर्षको तुलनामा १४.९६ प्रतिशतले घट्दै यो ६ अर्ब १२ करोड रुपैयाँमा झरेको छ। ब्याज आम्दानी घट्नु सँगै नाफामा नकारात्मक असर परेको हो।

यसपटक त्रैमासिक प्रतिवेदनमा बैंकको EPS (प्रतिसेयर आम्दानी) पनि घटेको छ। अघिल्लो वर्षको तुलनामा २.५३ रुपैयाँ घट्दै हाल EPS १५.४० रुपैयाँमा झरेको छ, जुन लगानीकर्ताहरूको लागि गम्भीर संकेत हो।

अर्को महत्वपूर्ण सूचकांक NPL (Non-Performing Loan) मा पनि उकालो देखिएको छ। अघिल्लो त्रैमासमा ३.३० प्रतिशत रहेको खराब कर्जा अनुपात अहिले बढेर ४.९८ प्रतिशत पुगेको छ। खराब कर्जा वृद्धिले बैंकको कर्जा गुणस्तर कमजोर भएको र जोखिम बढेको संकेत गर्छ।

हाल बैंकको चुक्ता पुँजी १९ अर्ब २८ करोड ७९ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा १५ अर्ब ४९ करोड रुपैयाँ रहेको छ। वितरणयोग्य नाफा १ अर्ब ९१ करोड १० लाख रुपैयाँ देखिए तापनि आगामी त्रैमाससम्मको प्रदर्शनले लाभांश वितरण क्षमतामा कस्तो असर पार्ने हो भन्नेमा अझै स्पष्टता आउन बाँकी छ।

EPS घट्यो, NPL बढ्यो — कृषि विकास बैंकको त्रैमासिक नतिजाले के देखाउँछ ?

Published by ADBL on 2082-1-7



View More by ADBL

  • Laxmi Sunrise Bank Ad