नाडेपको आन्दोलन बारे यस्तो आयो आदेश


  • KBL News Ad
  • Prabhu Bank
  • ADBL
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
नाडेपको आन्दोलन बारे यस्तो आयो आदेश

काठमाडौं । उच्च अदालत पाटनले बैंकिङ क्षेत्रमा हडताल नगर्न नगराउन अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीश टेकनारायण कुँवरको एकल इजलासले लघुवित्त संस्थामा हडताल नगर्न नगराउन अन्तरिम आदेश जारी गरेको हो । 

नाडेप लघुवित्त वित्तीय संस्थाका कर्मचारीले हडताल गरेपछि काममा बाधा पुगेको, सर्वसाधारणलाई सेवा दिन नसकिएको भन्दै संस्थाका तर्फबाट उच्च अदालतमा रिट निवेदन दर्ता भएको थियो । नाडेप लघुवित्तका कर्मचारीले हडताल गरी काममा बाधा पुगेको भन्दै रिट निवेदन दर्ता भएको हो।

अदालतले सर्वसाधारण नागरिकको सुविधासँग सम्बन्धित बैंकिङ सेवामा हडताल नगर्न मुद्दाको टुंगो नलागेसम्मका लागि अन्तरिम आदेश गरेको हो। अदालतले दुवै पक्षलाई छलफलका लागि पुस १६ मा छलफलका बोलाएको छ। दुवै पक्षको छलफलपछि अन्तरिम आदेशका विषय टुंगो लाग्नेछ। संस्थाको कार्यालयमा कुनै पनि हडतालजन्य कार्य नगर्न नगराउन तथा संस्थाका सम्पूर्ण कार्यालयको काममा कुनै किसिमको बाधा अवरोध नगर्नु नगराउनु भनी यो अन्तरिम आदेश जारी गरिएको छ' अदालतद्वारा जारी आदेशमा भनिएको छ।

Read More

पढ्न छुट्यो कि ?

Prabhu Bank CEO Ashok Sherchan Arrested in Major Loan Misuse Case -
  • MBL - below news
  • Laxmi Sunrise Bank Ad