नेपाल सेवाले पनि बोनसपश्चात शतप्रतिशत हकप्रद निष्कासन गर्ने


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
नेपाल सेवाले पनि बोनसपश्चात शतप्रतिशत हकप्रद निष्कासन गर्ने

नेपाल सेवा लघुवित्त वित्तीय संस्था (NSEWA) ले बोनस शेयर वितरणपश्चात शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्ने प्रस्तावसहित साधारण सभा आह्वान गरेको छ।

लघुवित्तले पुस २९ गते इन्द्रावती सामुदायिक सेवा केन्द्र, सिन्धुपाल्चोकमा बिहान ११ बजे शुरु हुनेछ। सभामा सञ्चालक समितिले प्रस्ताव गरेको गत आर्थिक वर्षको मुनाफाबाट कम्पनीको चुक्ता पूँजीको २.५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनको लागि ०.१२५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ।

यसका साथै, सभामा बोनस शेयर वितरणपश्चात कायम चुक्ता पूँजीको १ बराबर १ अनुपातमा हकप्रद शेयर निष्कासन गर्ने, मर्जर अथवा एक्वीजिसन सम्बन्धी सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, सञ्चालक समितिमा संस्थापकको तर्फबाट प्रतिनिधित्व गर्ने ३ सञ्चालकको निर्वाचन गर्ने र कम्पनीको कर्पोरेट कार्यालय काभ्रेपलाञ्चोक जिल्ला बनेपा नगरपालिकामा स्थापना गर्ने सम्बन्धी प्रस्ताव पनि पारित गर्नेछ।

वार्षिक साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ लघुवित्तले पुस १६ गतेदेखि २९ गतेसम्म शेयरधनी दर्ता किताब बन्द गर्नेछ। पुस १५ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले साधारण सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन्। लघुवित्तको शेयर रजिष्ट्रार एनएमबि क्यापिटल लिमिटेड रहेको छ।

Read More
  • MBL - below news