सहारा विकास बैंकका सीईओ भन्छन्:- 'पुसभित्र मर्जर अथवा एक्वीजिशनमा जान्छौं'


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
सहारा विकास बैंकका सीईओ भन्छन्:- 'पुसभित्र मर्जर अथवा एक्वीजिशनमा जान्छौं'

सहारा विकास बैंक (SHBL) का प्रमुख कार्यकारी अधिकृत विनय कुमार शाहले आगामी पुस मसान्तसम्ममा उपयुक्त बैंक तथा वित्तीय संस्था खाजी गरी मर्जर अथवा एक्वीजिशन गरिने बताएका छन्।

मर्जरका कारण शेयरधनीहरुको सम्पत्ति साढे २ वर्षदेखि बन्धक भएर कहिलो कारोबार खुल्छ भन्ने प्रतिक्षामा रहेका बेला सीईओको उक्त भनाई आएको हो।

बैंकको सञ्चालकहरुले समयमा नै उचित निर्णय गर्न नसक्दा लामो समयदेखि शेयरधनीहरुले कारोबार गर्न पाएका छैनन्। लगानीकर्ताहरुको यही गुनासोमा केन्द्रित रहेर मेरोलगानीले सहारा विकास बैंकका सिईओ शाहसँग कुराकानी गरेको हो।

बैंकका सिईओ शाहले भने:- ‘हामीले 'क' वर्गका बैंकहरुसँग पनि कुरा गरिरहेका छौँ। यसका साथै अन्य विकास बैंकहरुसँग पनि कुरा भइरहेको छ,‘पुसभित्र हामी पुनः सम्झौता गर्नेछौँ’। गत माघमा सम्पन्न बैंकको सातौँ वार्षिक साधारण सभाले प्रदेश २ भित्रै कार्यक्षेत्र रहेका अन्य बैंक तथा वित्तीय संस्थासँग मर्ज अथवा एक्वायर गर्ने निर्णय गरेपछि देवःसँगको सम्झौता तोडिएको थियो। बैंकले सम्झौता तोडिएको जानकारी नेपाल राष्ट्र बैंकमा गराए पश्चात राष्ट्र बैंकले आगामी पुसभित्र अर्को सम्झौता गर्न निर्देशन दिएपछि उपयुक्त संस्थाको खोजीमा लागेको सिईओ शाहको भनाई छ।

एक जिल्ला कार्यक्षेत्र रहेको यस विकास बैंकको शेयर कारोबार ३० महिनादेखि बन्द रहेको छ। देव: विकास बैंकले २०७४ जेठ २६ गते सहारा विकास र्बैकलाई प्राप्ति गर्ने गरी सम्झौता भएयता बैंकको शेयर कारोबार ठप्प छ।

गत माघको साधारण सभाबाट सहारा बैंकले मर्जर सम्झौता टुङ्गोमा नपुग्दै देव:सँगको एक्वीजिशनमा जाने प्रकृया रद्ध प्रकृया गरिसकेको छ। सहाराले यस अघि जनकपुरको जानकी फाइनान्स र सहयोगी विकास बैंकसँग गाभिने प्रयास गरेकोमा त्यो सफल हुन नसकेपछि देव:सँग सम्झौता गरेको थियो।

Read More
  • MBL - below news