आरम्भ अब राष्ट्रियस्तरको लघुवित्त : पुस ९ मा एजीएम, चौतारीसँग मर्ज


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
आरम्भ अब राष्ट्रियस्तरको लघुवित्त : पुस ९ मा एजीएम, चौतारीसँग मर्ज

 
काठमाडौं : आरम्भ लघुवित्त वित्तीय सस्ंथाको पाचौँ वार्षिक साधारणसभा पुस ९ गते हुने भएको छ । कम्पनीले चौतारी लघुवित्त वित्तीय संस्था सँगको मर्जर प्रक्रियालाई अन्तिम स्वीकृति दिने प्रस्ताव सभामा पेश गर्दैछ । सभा पञ्चकन्या ब्यांकेट, बनेपा न.पा.–८, पुलबजार, काभ्रेपलाञ्चोकमा बिहान ११ बजे सुरु हुनेछ ।
 
सभाले दुई लघुवित्तको स्वाप रेसियो १ः१ हुने प्रस्ताव पनि पारित गर्दैछ । मर्जरपछि कम्पनीको नाम आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था रहनेछ । मर्जपछि संस्थापकको ६३.६६% र सर्वसाधारणको ३६.३४% सेयर स्वामित्व हुने र कार्यक्षेत्र वृद्धि गरी राष्ट्रिय स्तरको बनाउने प्रस्ताव पनि छ ।
 
दुई कम्पनी एक भएपछि कम्पनीको अधिकृत पुँजी, चुक्ता पुँजी वृद्धि हुने भएकाले सोही बमोजिम प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने एजेन्डा पनि छ । सभामा ७.७६% लाभांश वितरण गर्ने एजेन्डा पनि छ । कम्पनीले २०७५–७६ को नाफाबाट ७.३८% बोनस सेयर र बोनसमा लाग्ने करका लागि ०.३८% नगद गरी कुल ७.७६% लाभांश वितरण गर्दैछ ।

Read More
  • MBL - below news