तीन महीनामा सहारा विकास बैंकको नाफा २४ लाख


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
तीन महीनामा सहारा विकास बैंकको नाफा २४ लाख

मंसिर २, काठमाडौं । चालू आवको तनि महीनामा सहारा विकास बैंकले रू. २४ लाख नाफा कमाएको छ । नाफा गत आवको सोही अवधिमा रू. १ लाख ४८ हजार ऋणात्मक थियो । चालू आवको तीन महीनामा बैंकको खुद ब्याज आम्दानी ६७ प्रतिशत र सञ्चालन नाफामा वृद्धि भएकाले नाफा बढेको हो । 

बैंकको चुक्तापूँजी रू. १६ करोड ३३ लाख छ । रिजर्भ कोषमा रू. ७ करोड २९ लाख छुट्याएको छ । चालू आवको तीन महीनामा बैंकले रू. ८४ करोड ५८ लाख निक्षेप संकलन गरेको छ भने रू. ६५ करोड २२ लाख कर्जा प्रवाह गरेको हो । प्रतिशेयर आम्दानी(वार्षिक) १७ दशमलव ६४, मूल्य आम्दानी अनुपात (वार्षिक) ३८ दशमलव १६ र प्रतिशेयर नेटवर्थ रू. १४४ दशमलव ६५ छ ।  
 

Read More
  • MBL - below news