मर्जर प्रकृयामा रहेको आरम्भ माइक्रोफाइनान्सको जगेडा र नाफामा आकर्षक सुधार


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
मर्जर प्रकृयामा रहेको आरम्भ माइक्रोफाइनान्सको जगेडा र नाफामा आकर्षक सुधार

चौतारी लघुवित्तसँग मर्जर प्रकृयामा रहेको आरम्भ माइक्रोफाइनान्स (AMFI) ले खुद नाफा बढाउनुका साथै जगेडा कोष पनि मजबुद बनाउँदै लगेको छ।

गत आर्थिक वर्षको पहिलो त्रैमासमा ९ लाख २३ हजार रुपैयाँ घाटामा रहेको कम्पनीले चालु आर्थिक वर्षको सोहि अवधिमा ३२ लाख २६ हजार रुपैयाँ खुद नाफा कमाएको वित्तिय विवरण सार्वजानिक गरेको छ । 

माइक्रोफाइनान्सको खुद ब्याज आम्दानी र सञ्चालन नाफा बढेर खर्च घट्दा उसको खुद नाफा बढेको हो। साथै लघुवित्तले खराव कर्जा कर्जा उठाउदा समेत उसको नाफा बढ्न सहयोग पुगेको देखिन्छ। 

गत वर्षको पहिलो त्रैमासमा ६४ लाख ३३ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको कम्पनीले चालु आर्थिक वर्षको सोहि अवधिमा १ करोड १० लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ।

चुक्ता पूँजी ६ करोड रुपैयाँ रहेको माइक्रोफाइनान्सले जगेडा कोषमा पनि अकर्षक सुधार गर्दै लगेको छ। गत वर्ष ४४ लाख ९५ लाख रुपैयाँले ऋणात्मक रहेको जगेडा कोषमा सुधार गर्दै १ करोड १८ लाख ६६ हजार रुपैयाँ सञ्चित गरेको छ।

Read More
  • MBL - below news