काठमाडौं : नयाँ नेपाल लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ४२ लाख ३५ हजार रुपैयाँ खुद नाफा कामएको छ । नाफा गत वर्षको भन्दा ९३.०२% धेरै हो । गत वर्ष यही त्रैमाससम्ममा नयाँ नेपालले २१ लख ९४ हजार रुपैयाँ मात्र खुद नाफा कमाएको थियो । खुद ब्याज आम्दानी र सञ्चालन नाफा पनि क्रमशः २६.९४% र ३३७.१४% ले बढेको छ ।
गत वर्ष ८९ लाख ६६ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको नयाँ नेपालले यो त्रैमासमा बढाएर १ करोड १३ लाख ८२ हजार रुपैयाँ पुर्याएको छ । सञ्चालन नाफा पनि १४ लाख ७० हजार रुपैयाँबाट बढोत्तरी भएर ६४ लाख २६ हजार रुपैयाँ पुगेको छ । नयाँ नेपालले निक्षेप ८ करोड ५७ लाख ८३ हजार रुपैयाँबाट बढाएर १७ करोड ८ लाख ३२ हजार रुपैयाँ पुर्याएको छ ।








