महालक्ष्मी विकास बैंकद्धारा दुईदिने कार्यशाला तथा दिगो बैकिङ्ग प्रबद्र्धनको लागि पोखरा फेवाताल किनारमा पदयात्रा कार्यक्रम सम्पन्न


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
महालक्ष्मी विकास बैंकद्धारा दुईदिने कार्यशाला तथा दिगो बैकिङ्ग प्रबद्र्धनको लागि पोखरा फेवाताल किनारमा पदयात्रा कार्यक्रम सम्पन्न

ग्राहकलाई अत्याधुनिक, सुरक्षित तथा सहज डिजिटल बैंकिङ सेवा प्रदान गर्दै आएको महालक्ष्मी विकास बैंकले आफ्नो वार्षिक कार्यक्रमअन्तर्गत २०८२ फागुन २४–२५ गते दुईदिने कार्यशाला तथा सामूहिक पदयात्रा कार्यक्रम सम्पन्न गरेको छ। वातावरण, संस्कृति तथा सम्पदा संरक्षण र दिगो बैंकिङ प्रवर्द्धनप्रति प्रतिबद्धता व्यक्त गर्दै कार्यक्रम आयोजना गरिएको बैंकले जनाएको छ।

कार्यक्रममा बैंकका विभागीय प्रमुख, प्रदेश प्रमुख, शाखा प्रबन्धक तथा अन्य कर्मचारीहरूको उत्साहजनक सहभागिता रहेको थियो। दुईदिने छलफलमा आर्थिक वर्ष २०८२/८३ को हालसम्मको समग्र वित्तीय अवस्थाको समीक्षा गरिएको छ। साथै हालै सम्पन्न निर्वाचनपछिको सकारात्मक आर्थिक वातावरण र अन्तर्राष्ट्रिय परिस्थितिबाट उत्पन्न हुन सक्ने सम्भावित आर्थिक चुनौतीहरूबारे पनि विश्लेषण गरिएको बैंकले जनाएको छ।

दिगो वित्तीय अभ्यासको सन्देश प्रवाह गर्ने उद्देश्यले ऐतिहासिक तथा पर्यावरणीय दृष्टिले महत्वपूर्ण फेवाताल किनारमा सामूहिक पदयात्रा आयोजना गरिएको थियो। कार्यक्रममा हरित बैंकिङ तथा दिगो वित्तीय रणनीतिको आवश्यकता बारे विशेष जोड दिइएको थियो।

“सबल बैंक, सफल सहकार्य” नारालाई आत्मसात् गर्दै महालक्ष्मी विकास बैंकले विगत ३१ वर्षदेखि नेपाली जनतालाई गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको जनाएको छ। बैंकका अनुसार हाल देशभर १०३ शाखा कार्यालयमार्फत करिब ८ लाख ५० हजारभन्दा बढी ग्राहकलाई सेवा दिइरहेको छ।

  • MBL - below news