सिटिजन्स बैंकले थप पाँच शाखाहरू संचालनमा ल्याएको छ। बैंकले शाखाविस्तार गर्ने क्रममा कोशी प्रदेशको संखुवासभा खाँदबारीमा, गण्डकी प्रदेशको तनहुँ दमौलीमा, लुम्बिनी प्रदेशको बर्दिया गुलरियामा, कर्णाली प्रदेशको सल्यान श्रीनगरमा र सुदूरपश्चिम प्रदेशको बैतडी पाटनमा एकसाथ संचालनमा ल्याएको छ।
यो संगैे बैंकको १८८ वटा शाखाहरु संचालनमा आएका छन्। प्रदेशगत रुपमा बैंकको कोशी प्रदेशमा २७ , मधेश प्रदेशमा २९, बागमती प्रदेशमा ५० , गण्डकी प्रदेशमा १३, लुम्बिनी प्रदेशमा ५१, कर्णाली प्रदेशमा १० र सुदूरपश्चिम प्रदेशमा८ शाखा पुगेका छ।




