कृषि विकास बैंकद्धारा थानकोट प्रहरी वृत्तलाई कम्प्युटर तथा कार्यालय सामग्री हस्तान्तरण


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
कृषि विकास बैंकद्धारा थानकोट प्रहरी वृत्तलाई कम्प्युटर तथा कार्यालय सामग्री हस्तान्तरण

काठमाडौं- कृषि विकास बैंक लिमिटेडले थानकोट प्रहरी वृत्तलाई कम्प्युटर तथा कार्यालय सामग्री सहयोग प्रदान गरेको छ।

गत भदौ २४ गते भएको आन्दोलनका क्रममा आगलागीबाट क्षति पुगेको प्रहरी वृत्तको भवन पुनःस्थापना तथा सेवा प्रवाहलाई सहज, सुचारु र प्रभावकारी बनाउन बैंकले उक्त सहयोग गरेको जनाएको छ।

सहयोग हस्तान्तरण कार्यक्रममा बैंकका उपमहाप्रबन्धक मिनराज पोखरेलले बैंकको संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत सहयोग गरिएको उल्लेख गर्दै यसले शान्ति सुरक्षा लगायतका सेवाप्रवाहमा सहयोग पुग्ने विश्वास व्यक्त गरे।

त्यसैगरी थानकोट प्रहरी वृत्तका प्रमुख प्रहरी नायब उपरीक्षक एलिजा गिरीले बैंक तथा विभिन्न संस्थाबाट प्राप्त सहयोगले सुरक्षाकर्मीको मनोबल बढ्ने र नागरिकलाई दिइने शान्ति सुरक्षा कायम गर्न थप टेवा पुग्ने बताए। उनले विपद्को समयमा सहयोग गर्ने सबै संस्था तथा निकायलाई धन्यवाद व्यक्त गरिन्।

सहयोग कार्यक्रममा बैंक र प्रहरी वृत्तका प्रतिनिधि तथा कर्मचारीहरूको उपस्थिति रहेको थियो।

  • MBL - below news