प्राइम कमर्सियल बैंकको साधारणसभाबाट ८ प्रतिशत बोनस सेयर पारित, सञ्चालकमा डा. गजेन्द्र विष्ट निर्विरोध


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
प्राइम कमर्सियल बैंकको साधारणसभाबाट ८ प्रतिशत बोनस सेयर पारित, सञ्चालकमा डा. गजेन्द्र विष्ट निर्विरोध

प्राइम कमर्सियल बैंक लिमिटेडको १८औँ वार्षिक साधारणसभा अध्यक्ष राजेन्द्रदास श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको छ।

सभाले आर्थिक वर्ष २०८१/८२ को नाफाबाट सेयरधनीलाई ८ प्रतिशत बोनस सेयर तथा बोनस सेयरको कर प्रयोजनका लागि चुक्ता पुँजीको ०.४२१ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ।

त्यसैगरी, साधारणसभाबाट सर्वसाधारण सेयरधनीको तर्फबाट सञ्चालक पदमा वरिष्ठ आर्थिक पत्रकार डा. गजेन्द्र विष्ट निर्विरोध निर्वाचित भएका छन्। विष्ट यसअघि पनि बैंकको सञ्चालक रहिसकेका छन्।

साधारणसभामा अध्यक्ष श्रेष्ठले बैंकले आगामी दिनमा सेवा र शाखा सञ्जाल विस्तार गर्दै ग्राहक केन्द्रित डिजिटल समाधानमार्फत सेवा थप प्रभावकारी बनाउने तथा सेयरधनीलाई समयानुकूल प्रतिफल दिने प्रतिबद्धता व्यक्त गरेका छन्।

  • MBL - below news