सिद्धार्थ बैंकको प्रमुख कार्यकारी अधिकृतमा रामेश्वर प्रसाद बस्याल नियुक्त


  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
सिद्धार्थ बैंकको प्रमुख कार्यकारी अधिकृतमा रामेश्वर प्रसाद बस्याल नियुक्त

काठमाडौं - सिद्धार्थ बैंक लिमिटेडले रामेश्वर प्रसाद बस्याललाई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा नियुक्त गरेको छ। बैंकको सञ्चालक समितिको निर्णयअनुसार उहाँको नियुक्ति पुस २५ गतेदेखि लागू भएको छ।

बैंकिङ क्षेत्रमा करिब ३६ वर्षको अनुभव रहेका बस्यालले सन् १९८९ देखि २००५ सम्म नबिल बैंक लिमिटेडमा विभिन्न जिम्मेवारी सम्हाल्दै काम गर्नुभएको थियो। त्यसपछि सन् २००५ देखि सिद्धार्थ बैंकमा आबद्ध भई प्रबन्धक, वरिष्ठ प्रबन्धक, सहायक महाप्रबन्धक, नायब महाप्रबन्धक, सहायक प्रमुख कार्यकारी अधिकृत तथा नायब प्रमुख कार्यकारी अधिकृतका रूपमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आउनुभएको छ।

बस्यालले आफ्नो लामो बैंकिङ करिअरमा बैंक सञ्चालन, कर्जा लगानी, जोखिम व्यवस्थापन र बजार विस्तारसम्बन्धी क्षेत्रमा व्यापक अनुभव हासिल गर्नुभएको बैंकले जनाएको छ। यी क्षेत्रहरूमा उहाँको योगदान उल्लेखनीय रहेको बैंकको दाबी छ।

संस्थागत सुशासनलाई प्राथमिकतामा राखेर बैंकिङ सञ्चालन गर्नुपर्ने धारणा राख्ने बस्यालको नेतृत्वमा बैंकले दीगो वृद्धि, ग्राहक सेवा उत्कृष्टता र संस्थागत सुदृढीकरण अझ सशक्त हुने विश्वास बैंकले व्यक्त गरेको छ।