कृषि विकास बैंकद्धारा काठमाण्डौ जिल्ला अदालतलाई कम्प्युटर सामाग्री हस्तान्तरण


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
कृषि विकास बैंकद्धारा काठमाण्डौ जिल्ला अदालतलाई कम्प्युटर सामाग्री हस्तान्तरण

काठमाडौँ | गत भदौ २४ गते भएको आन्दोलनको क्रममा आगलागीबाट क्षतीग्रस्त भई अवरुद्ध सेवा प्रवाहलाई सहजता प्रदान गर्ने उद्देश्यका साथ कृषि विकास बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत मिति २०८२ पौष ६ गते आइतबार एक कार्यक्रमका बिच जिल्ला अदालत काठमाण्डौलाई कम्प्युटर तथा प्रिन्टर लगायतका सामाग्रीहरु हस्तान्तरण गर्यो । उक्त कम्प्युटर सामाग्री हस्तान्तरण कार्यक्रममा बैंकको तर्फबाट उपमहाप्रबन्धक श्री सुशिल हुमागाई, वरिष्ठ शाखा प्रमुखद्धय श्री महेश्वर मरहट्टा र श्री धु्व पौडेल तथा वरिष्ठ शाखा अधिकृत श्री गिता नेपाल शर्मा एवं जिल्ला अदालत काठमाण्डौको तर्फबाट जिल्ला न्यायधिशद्धय श्री चुरामन खड्का र श्री दिवाकार भट्ट, शाखा अधिकृतद्धय श्री तिर्थराज भट्टराई र श्री सूर्य प्रसाद दाहाल लगायत कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

कृषि विकास बैंक लिमिटेडले यस अगाडी पनि सो घटनाबाट क्षतिग्रस्त भई प्रभावित भएका सेवा र अवरुद्ध सेवा सुचारु एव सञ्चालन गर्न विभिन्न सरकारी निकायलाई आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत यस्तै प्रकृतिका सहयोग प्रदान गरेको जनाएको छ ।

  • MBL - below news