प्राइम कमर्सियल बैंकका पूर्व सीईओ नारायण दास मानन्धरको निधन: बैंकिङ क्षेत्रले गुमायो अनुभवी नेतृत्व -


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
प्राइम कमर्सियल बैंकका पूर्व सीईओ नारायण दास मानन्धरको निधन: बैंकिङ क्षेत्रले गुमायो अनुभवी नेतृत्व -

प्राइम कमर्सियल बैंक लिमिटेडका पूर्व प्रमुख कार्यकारी अधिकृत नारायण दास मानन्धरको ८३ वर्षको उमेरमा आइतबार (मंसिर २१, २०८२) निधन भएको बैंकले जनाएको छ।

सन् १९६९ मा भूमि सुधार तथा बचत निगममा शाखा प्रमुखका रूपमा सरकारी सेवामा प्रवेश गरेका मानन्धरले दीर्घ बैंकिङ् तथा वित्तीय सेवा यात्रामा विविध महत्त्वपूर्ण जिम्मेवारी सम्हालेका थिए। उहाँले राष्ट्रिय धानचामल कारखानाका प्रमुख कार्यकारी, कृषि विकास बैंक लिमिटेडमा विभागीय प्रमुख तथा नायब महाप्रबन्धक, धानचामल निर्यात कम्पनीका महाप्रबन्धक, संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठन (FAO) का परामर्शदाता, राष्ट्रिय बाणिज्य बैंकका कार्यकारी सञ्चालक, लुम्बिनी बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत र विश्व बैंकको जलविद्युत विकास कोषमा विभिन्न तहका जिम्मेवारी निर्वाह गर्नुभएको थियो।

उहाँले नेपाल बङ्गलादेश बैंक लिमिटेड हुँदै प्राइम कमर्सियल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृतको पदबाट सेवा निवृत्त भएका थिए।

नेपालको बैंकिङ् इतिहासमा लामो समयसम्म निरन्तर योगदान पुर्‍याउने व्यक्तित्वको रूपमा मानन्धरलाई स्मरण गरिन्छ। उहाँको निधनबाट देशको आर्थिक तथा वित्तीय क्षेत्रले अनुभवी नेतृत्व गुमाएको भनी क्षेत्रका जानकारहरूले बताएका छन्।

प्राइम कमर्सियल बैंकले उहाँको आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना व्यक्त गरेको छ।

  • MBL - below news