प्रभु बैंकका सीईओसहित तीन जना पाँच दिनका लागि हिरासतमा


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
प्रभु बैंकका सीईओसहित तीन जना पाँच दिनका लागि हिरासतमा

काठमाडौँ - प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचनसहित तीन जनालाई पाँच दिनसम्म हिरासतमा राखेर अनुसन्धान अघि बढाउन अदालतले प्रहरीलाई अनुमति दिएको छ।

उच्च अदालत पाटनले सोमबार दिएको आदेशपछि आइतबार पक्राउ परेका शेरचन, नायब प्रमुख कार्यकारी अधिकृत मणिराम पोखरेल र प्रमुख कर्जा अधिकृत रिवास श्रेष्ठलाई प्रारम्भिक अनुसन्धानका लागि अस्थायी हिरासतमा राखिने भएको हो।

उनीहरूलाई बैंकको बिजुलीबजारस्थित प्रधान कार्यालयमै पुगेको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले पक्राउ गरेको थियो। प्रहरीले पक्राउ परेकाहरूको विवरण, सम्बद्ध मुद्दा तथा संलग्नता बारे थप अनुसन्धान जारी रहेको जनाएको छ।

  • MBL - below news