कामना सेवा विकास बैंकको १९औं वार्षिकोत्सवमा रक्तदान, फुटसल कप र नयाँ बाल बचत योजना सार्वजनिक


  • KBL News Ad
  • Prabhu Bank
  • ADBL
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
कामना सेवा विकास बैंकको १९औं वार्षिकोत्सवमा रक्तदान, फुटसल कप र नयाँ बाल बचत योजना सार्वजनिक

काठमाडौं । कामना सेवा विकास बैंकले आफ्नो स्थापनाको १९औं वार्षिकोत्सव विभिन्न सामाजिक तथा संस्थागत कार्यक्रमसहित देशव्यापी रूपमा मनाएको छ।

वार्षिकोत्सवको अवसरमा बैंकले कात्तिक २७ गते बिहीबार देशभर रक्तदान कार्यक्रम आयोजना गरेको थियो। बैंकको केन्द्रीय कार्यालयसहित सबै क्षेत्रीय कार्यालयमा सम्पन्न रक्तदान अभियानबाट कुल ४२९ पिन्ट रगत संकलन गरिएको बैंकले जनाएको छ।

बुटवलमा आयोजित मुख्य कार्यक्रमको उद्घाटन बैंकका सञ्चालक भिमप्रसाद तुलाचनले गरेका थिए। त्यस्तै, केन्द्रीय कार्यालयमा नायब प्रमुख कार्यकारी अधिकृत विनय दाहालले हिमाल हस्पिटल रक्तसञ्चार केन्द्रकी भावना पाण्डेलाई ब्लड व्याग हस्तान्तरण गर्दै रक्तदान अभियानको शुभारम्भ गरेका थिए।

रक्तदान कार्यक्रम विराटनगर (कोशी प्रदेश), बर्दिबास (मधेस प्रदेश), नारायणगढ, पोखरा न्युरोड, बुटवल र नेपालगञ्ज शाखामा समेत सम्पन्न भएका थिए। कार्यक्रममा क्षेत्रीय प्रमुख, स्थानीय समाजसेवी, रक्तदाता तथा कर्मचारीहरूको उल्लेखनीय सहभागिता रहेको बैंकले जनाएको छ।

वार्षिकोत्सवको अवसरमा बैंकले अन्तर बैंक तथा वित्तीय संस्था स्तरीय फुटसल कप (पाँचौं संस्करण) प्रतियोगिता पनि आयोजना गरेको थियो। उक्त प्रतियोगितामा पुरुषतर्फ सिद्धार्थ बैंक र महिलातर्फ लुम्बिनी विकास बैंक विजेता बनेका छन्।

सामाजिक उत्तरदायित्वअन्तर्गत बैंकले अमरसिंह शाखामार्फत अमरसिंह उच्च मावि र पोखरा न्युरोड शाखामार्फत पार्दी माविमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ।

त्यसैगरी, वार्षिकोत्सवकै अवसरमा बैंकले नयाँ बाल बचत खाता “अल्फा ग्रो” योजना सार्वजनिक गरेको छ। यो योजना १८ वर्षसम्मका बालबालिकालाई लक्षित गरिएको हो।

बैंकका अनुसार, ‘अल्फा ग्रो’ खाताका ग्राहकलाई आकर्षक खुत्रुके उपलब्ध गराइनेछ भने खातावालाको जीवन बीमा रकम रु. ५० हजारसम्म बैंकले नै व्यहोर्नेछ। सो बीमाको प्रिमियम खातावाला १८ वर्ष नपुग्दासम्म बैंकले नै भुक्तानी गर्ने व्यवस्था गरिएको छ।

बैंकले यस योजनाबाट बालबालिकामा बचत गर्ने बानी विकास गर्न र अभिभावकलाई दीर्घकालीन वित्तीय सुरक्षाको भावना प्रवर्द्धन गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरेको छ।

पढ्न छुट्यो कि ?

Prabhu Bank CEO Ashok Sherchan Arrested in Major Loan Misuse Case -
  • MBL - below news
  • Laxmi Sunrise Bank Ad