कार्तिक महिनामा पनि बैंकहरूको ब्याजदर घट्यो ? कुन बैंकको कति ब्याजदर कायम भयो?


  • KBL News Ad
  • Prabhu Bank
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
कार्तिक  महिनामा पनि बैंकहरूको ब्याजदर घट्यो ? कुन बैंकको कति ब्याजदर कायम भयो?

काठमाडौं - कार्तिक महिनाको लागि वाणिज्य बैंकहरूले प्रकाशित गरेको नयाँ ब्याजदरले निक्षेपकर्तालाई कम प्रतिफल दिने संकेत गरेको छ। पछिल्ला केही महिनादेखि घट्दो क्रममा रहेको ब्याजदर कार्तिक महिनामा अझै ओरालो लागेको छ।

संचालनमा रहेका २० वाणिज्य बैंकमध्ये ९ बैंकले मुद्दती निक्षेपकाे ब्याजदरमा सामान्य समायोजन गरे भने बाँकी ११ बैंकले आफ्नो ब्याजदर यथावत् राखेका छन्।

बैंकहरूले विभिन्न प्रकारका बचत खाताबिच २ प्रतिशतभन्दा बढी ब्याजदर अन्तर नपर्ने व्यवस्था लागू गरेका छन् भने रेमिट्यान्स खातामा थप १ प्रतिशत विन्दुले ब्याजदर थप गर्न सकिने व्यवस्था रहेको छ। यसअनुसार विशेष खाता तथा रेमिट्यान्स खाताको ब्याजदर पनि सोही सीमा भित्र निर्धारण गरिएको छ।

एकवर्षे व्यक्तिगत मुद्दती खातामा ब्याजदर न्यूनतम ३.२५ प्रतिशतदेखि अधिकतम ४.५ प्रतिशतसम्म रहेको छ भने व्यक्तिगत मुद्दतीतर्फ उच्चतम ब्याजदर ६ प्रतिशतसम्म कायम छ। बैंकहरूले छोटो अवधिका लागि कम ब्याजदर र लामो अवधिका लागि बढी ब्याजदर दिने नीति अपनाएका छन्।

संस्थागत मुद्दती खातामा पनि एक वर्षका लागि अधिकांश बैंकले २.७५ प्रतिशत ब्याजदर निर्धारण गरेका छन्।

नेपाल राष्ट्र बैंकको नीतिगत समायोजन र बजारमा बढ्दो तरलताको प्रभावका कारण कार्तिक महिनामा पनि ब्याजदर घट्ने क्रम रोकिएको छैन। विज्ञहरूका अनुसार, यसले बचतकर्ताको प्रतिफल कम गरेको भए पनि आर्थिक गतिशीलता बढाउन सकारात्मक संकेत दिन सक्नेछ।

यससँगै कार्तिक महिनाका लागि वाणिज्य बैंकहरूको मुद्दती निक्षेपको अधिकतम ब्याजदर फेरि तल झरेको देखिएको छ।

कार्तिक महिनाको व्यक्तिगत मुद्दती निक्षेप ब्याजदर स्थिति (२०८२)

Bank Name

1 year FD

Maximum FD

Global IME Bank

4.50

6.00

Siddhartha Bank

4.50

5.50

Laxmi Sunrise Bank

4.00

5.00

Himalayan Bank

4.00

6.00

Machhapuchhre Bank

4.00

5.00

Prime Bank

4.00

5.00

Citizens Bank

4.00

5.00

Rastriya Banijya Bank

3.77

5.50

Everet Bank

3.75

5.00

Nabil Bank

3.75

5.00

Nepal SBI Bank

3.80

5.00

Kumari Bank

3.81

5.01

NIC Asia Bank

3.30

5.75

Nepal Investment Mega Bank

3.50

5.25

Sanima Bank

3.50

5.15

NMB Bank

3.25

5.00

Standard Chartard Bank

3.25

5.00

Nepal Bank

3.25

5.25

Agriculture development Bank

2.75

4.95

Prabhu Bank

2.75

4.95

पढ्न छुट्यो कि ?

Prabhu Bank CEO Ashok Sherchan Arrested in Major Loan Misuse Case -
  • MBL - below news
  • Laxmi Sunrise Bank Ad