५० रुपैयाँका ४२ करोड थान नयाँ नोट छाप्न चीनको कम्पनीलाई जिम्मा


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
५० रुपैयाँका ४२ करोड थान नयाँ नोट छाप्न चीनको कम्पनीलाई जिम्मा

नेपाल राष्ट्र बैंकले ५० दरका नयाँ नोट छाप्नका लागि चिनियाँ कम्पनी चाइना बैंक नोट प्रिन्टिङ एण्ड मिन्टिङ कर्पोरेसनलाई छनोट गरेको छ। केन्द्रीय बैंकले बोलकबोल प्रक्रियामार्फत उक्त कम्पनीलाई छपाइको जिम्मा दिएको हो।

राष्ट्र बैंकका अनुसार, ५० रुपैयाँका कुल ४२ करोड थान नयाँ नोट छाप्नका लागि उक्त कम्पनीलाई एक अर्ब ४७ करोड ७७ लाख रुपैयाँ भुक्तानी दिइनेछ। नयाँ नोट छपाइका लागि सहभागी कम्पनीहरूमध्ये सबैभन्दा कम लागत प्रस्ताव गर्ने कम्पनीलाई जिम्मा दिने निर्णय बैंकले गरेको हो।

Read More
  • MBL - below news