जेनजी आन्दोलनमा वाणिज्य बैंक लुटपाट आरोपमा २ जना समातिए


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
जेनजी आन्दोलनमा वाणिज्य बैंक लुटपाट आरोपमा २ जना समातिए

२३ असोज, काठमाडौं। जेन–जी आन्दोलनको क्रममा नयाँ बानेश्वरमा रहेको राष्ट्रिय वाणिज्य बैंक लुटपाट गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

प्रहरी स्रोतका अनुसार पक्राउ पर्नेहरुमा सिरहाका नरेशकुमार यादव र दोलखाका दीपक श्रेष्ठ छन् । उनीहरुले २४ भदौको प्रदर्शनका बैंक लुटपाट गरेको आरोप छ । पक्राउ परेकाहरुमाथि प्रहरीले अनुसन्धान अघि बढाएको छ ।

Read More
  • MBL - below news