असोज महिनामा पनि बैंकहरूको ब्याजदर घट्यो ? कुन बैंकको कति ब्याजदर कायम भयो?


  • KBL News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • City Express
  • Kamana Sewa Bikash Bank Ltd.
असोज महिनामा पनि बैंकहरूको ब्याजदर घट्यो ? कुन बैंकको कति ब्याजदर कायम भयो?

काठमाडौं - असोज महिनाको लागि वाणिज्य बैंकहरूले प्रकाशित गरेका नयाँ ब्याजदरले निक्षेपकर्तालाई अझै कम प्रतिफल दिने देखाएको छ। पछिल्ला केही महिनादेखि घट्दो क्रममा रहेको ब्याजदर असोज महिनामा झन् ओरालो लागेको हो।

वाणिज्य बैंकहरूले मुद्दती निक्षेपमा दिने ब्याजदर फेरि समायोजन गर्ने त्रममा असोज महिनाका लागि ९ वटाले ब्याजदर घटाएका छन् भने ९ वटाले भदौ कै व्याजदरलाइ निरन्तरता दिएका छन्। यसैबीच, दुई बैंक, स्ट्यान्डर्ड चार्टर्ड र लक्ष्मी सनराइजले भने ब्याजदर बढाएका छन्।

ब्याजदर घटाउनेमा प्राइम कमर्शियल, सानीमा, एभरेष्ट, सिटिजन्स, एनआइसी एशिया, नेपाल एसबिआइ, कृषि विकास, नेपाल बैंक र  कुमारी बैंक परेका छन्।

घटाउने ब्याजदर बैंकहरूका फरक-फरक छन्। प्राइम कमर्शियल, सानीमा र एभरेष्ट बैंकले ०.५० प्रतिशतले, सिटिजन्स र एनआइसी एशियाले ०.२५ प्रतिशतले, नेपाल एसबिआइले ०.०७ प्रतिशतले, कृषि विकास बैंक र नेपाल बैंकले ०.१५ प्रतिशतले र  कुमारीले ०.२० प्रतिशतले ब्याजदर घटाएका छन्।

निष्कर्षमा, राष्ट्र बैंकको नीतिगत समायोजन र बजारमा बढ्दो तरलताको प्रतिक्रिया स्वरुप असोज महिनामा पनी व्याजदर घट्ने क्रम नरोकिएको हो । यसले बचतकर्ताको प्रतिफल घटाए पनि, आर्थिक गतिशीलता बढाउन सकारात्मक संकेत दिन सक्ने विज्ञहरुको भनाई छ ।  यससँगै असोज महिनाका लागि वाणिज्य बैंकहरूको मुद्दती निक्षेपको अधिकतम ब्याजदर फेरि तल झरेको छ।

असोज महिनाको व्यक्तिगत मुद्दती निक्षेप ब्याजदर स्थिति (२०८२)

बैंकहरू २०८२ भदौ २०८२ असोज

स्ट्यान्डर्ड चार्टर्ड

५.१३

५.१८

लक्ष्मी सनराइज

५.२५

नेपाल बैंक

५.४

५.२५

सिटिजन्स

५.५

५.२५

नेपाल एसबिआइ

५.२५

५.१८

एभरेष्ट

५.७५

५.२५

एनआइसी एशिया

६.२५

कुमारी

५.२१

५.०१

प्राइम कमर्शियल

५.५

कृषि विकास

५.२

५.०५

सानिमा

५.७५

५.२५

हिमालयन

एनएमबि

प्रभु

५.३५

५.३५

ग्लोबल आईएमई

सिद्धार्थ

५.५

५.५

नेपाल इन्भेष्टमेन्ट मेगा

५.२५

५.२५

नबिल

५.५

५.५

माछापुच्छ्रे

राष्ट्रिय वाणिज्य

५.५

५.५

  • EBL Ad news