काठमाडौं - सिद्धार्थ बैंकले आफ्ना ग्राहकहरूका लागि नयाँ सुविधा घोषणा गरेको छ। बैंक र पोखरा लेकसाइडस्थित वाटरफ्रन्ट रिसोर्ट प्रा. लि. बीच भएको सम्झौता अनुसार, बैंकका कार्ड वा मोबाइल बैंकिङमार्फत भुक्तानी गर्ने ग्राहकहरूले रिसोर्टका विभिन्न सेवामा २०% सम्म छुट पाउनेछन्।
बैंकका अनुसार, यो सहकार्यले ग्राहकलाई छुटको अतिरिक्त सुविधा मात्र नभई नगद प्रयोगबाट डिजिटल कारोबारतर्फ आकर्षित गर्ने उद्देश्य लिएको छ।
थप जानकारीका लागि बैंकले आफ्नो २४ घण्टा सञ्चालन हुने ग्राहक सेवा केन्द्र ‘सिद्धार्थ केयर’ मार्फत सम्पर्क गर्न सकिने जनाएको छ।