गंगा हेल्थ केयरले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
गंगा हेल्थ केयरले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल

साना तथा मझौला कम्पनीको श्रेणीमा पर्ने श्री गंगा हेल्थ केयर इण्डष्ट्रिज लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयर (आईपीओ) जारी गर्ने भएको छ। नेपाल धितोपत्र बोर्डद्वारा जारी “साना तथा मझौला संगठित संस्थाको धितोपत्र निष्काशन तथा कारोबार नियमावली, २०८१” बमोजिम कम्पनीले शेयर निष्काशन प्रक्रिया अघि बढाएको हो।

यसका लागि कम्पनीले धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकको रूपमा मुक्तिनाथ क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ। उक्त सम्झौतापत्रमा गंगा हेल्थ केयर इण्डष्ट्रिजका अध्यक्ष सुरज प्रसाद खत्री र मुक्तिनाथ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत कबिन्द्र ध्वज जोशीले हस्ताक्षर गरेका छन्। कम्पनीले आफ्नो जारी पूँजीको ३० प्रतिशत शेयर सर्वसाधारणमा निष्काशन गर्ने जनाएको छ।

Read More
  • MBL - below news