काठमाडौं, भदौ १८, २०८२ — अन्तर्राष्ट्रिय रूपमा प्रतिष्ठित Euromoney Award for Excellence 2025 अन्तर्गत प्रभु बैंक लिमिटेड “Nepal’s Best Digital Bank for SMEs” को सम्मानबाट सम्मानित भएको छ। यो सम्मान अन्तर्राष्ट्रिय ख्यातिप्राप्त संस्था Euromoney Limited द्वारा सिङ्गापुरमा आयोजना गरिएको एक भव्य समारोहका बीच प्रदान गरिएको हो।
उक्त कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत रश्मि पन्त सहित बैंकका अन्य थप तीन महिला अधिकारीहरूलाई संयुक्त रूपमा सम्मान प्रदान गरिएको थियो।
प्रभु बैंकले यसअघि पनि Bank of the Year 2023 बाट सम्मानित भई, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा आफ्नो सेवा, नवप्रवर्तन र ग्राहकप्रति समर्पणद्वारा सशक्त उपस्थिति जनाइसकेको छ।
Euromoney Excellence Award अन्तर्गत प्राप्त यस उपाधिले साना तथा मझौला उद्यम (SMEs) लक्षित डिजिटल सेवा प्रवाहमा प्रभु बैंकले खेलेको अग्रणी भूमिकालाई अन्तर्राष्ट्रिय रूपमा मान्यता दिएको हो। प्रभु बैंकले नवीन प्रविधिको प्रयोग गर्दै ग्राहक-केन्द्रित डिजिटल समाधानहरू उपलब्ध गराइ देशभरका लघु तथा मझौला व्यवसायहरूलाई सरल, सुरक्षित र छरितो बैंकिङ सेवा प्रदान गर्दै आएको छ।
पछिल्लो केही वर्षयता बैंकले मोबाइल तथा इन्टरनेट बैंकिङ, डिजिटल कर्जा प्रवाह, व्यवसायिक भुक्तानी समाधान, अनलाइन खाता सञ्चालन, कर तथा राजस्व तिर्न डिजिटल माध्यम, बीमा र वित्तीय परामर्श सेवा जस्ता आधुनिक सेवाहरूको माध्यमबाट SME बैंकिङमा उल्लेखनीय प्रगति गरेको छ। यी सेवाहरूले साना तथा मझौला व्यवसायहरूलाई आधुनिक बैंकिङ प्रणालीसँग जोड्दै उनीहरूको व्यवसाय वृद्धि मा प्रभावकारी सहयोग पु¥याएका छन्।
प्रभु बैंकले आफ्नो सेवा रणनीतिमा SMEs लाई विशेष प्राथमिकता दिँदै, ग्राहक आवश्यकता अनुसार अनुकूलित डिजिटल सेवा विकास तथा विस्तारमा निरन्तर नवप्रवर्तन गर्दै आएको छ। यही प्रतिबद्धता र कार्यान्वयनले गर्दा बैंकले अन्तर्राष्ट्रिय समुदायबाट सम्मान प्राप्त गर्ने अवसर पाएको हो।
अवार्ड प्राप्तसँगै प्रमुख कार्यकारी अधिकृतले यो उपलब्धि केवल संस्थागत सफलताको प्रमाण नभइ सम्पूर्ण नेपाली उद्यमशीलता समुदायको जित भएको बताउनुभयो। डिजिटल वित्तीय पहुँचमार्फत साना व्यवसायहरूलाई सशक्त बनाउने अभियानमा प्रभु बैंक अझ प्रभावकारी योजनाहरू ल्याउने प्रतिबद्धतासहित अगाडि बढ्ने र यसले साना तथा मझौला उद्यमीहरूलाई थप उत्साह थप्ने उल्लेख गर्नुभयो।
हाल प्रभु बैंकले देशभर ३२२ शाखा, ४८ एक्सटेन्सन काउन्टर, २५६ एटिएम तथा सशक्त डिजिटल प्लेटफर्ममार्फत आफ्नो सेवा प्रवाह गर्दै आएको छ। ‘डिजिटल नेपाल’ को राष्ट्रिय अभिमानलाई आत्मसात गर्दै बैंकले आगामी दिनमा अझ नवीन र व्यापक डिजिटल समाधानहरूसहित साना तथा मझौला व्यवसायहरूलाई दिगो बैंकिङ सेवा उपलब्ध गराउने तयारी गरिरहेको छ।