नेचुरल इस्पीरीट्सले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
नेचुरल इस्पीरीट्सले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल

“सेतो बाघ भोड्का” उत्पादन गर्दै आएको नेचुरल इस्पीरीट्स नेपाल लिमिटेडले सर्वसाधारणमा साधारण शेयर (आईपीओ) जारी गर्ने प्रक्रिया अघि बढाएको छ । यसका लागि कम्पनीले मुक्तिनाथ क्यापिटललाई शेयर निष्काशन तथा बिक्री प्रबन्धकको रूपमा नियुक्त गरेको छ ।

 

यसै सन्दर्भमा मुक्तिनाथ क्यापिटलको कार्यालयमा आयोजित एक औपचारिक कार्यक्रममा नेचुरल इस्पीरीट्स नेपालका अध्यक्ष असिम सिटौला र मुक्तिनाथ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत कबिन्द्र ध्वज जोशीबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो । कम्पनीले जारी पूँजीको २० प्रतिशत अर्थात १५ लाख कित्ता साधारण शेयर सर्वसाधारणमा बिक्री गर्ने तयारी गरेको छ ।

Read More
  • MBL - below news