गरिमा विकास बैंकलाई “The Best Bank Award 2025”


  • KBL News Ad
  • Prabhu Bank
  • ADBL
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
गरिमा विकास बैंकलाई “The Best Bank Award 2025”

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले Emerging Asia Banking Conclave & Awards 2025 मा The Best Bank Award प्राप्त गरेको छ। भारतीय च्याम्बर अफ कमर्सले अगस्ट २९, २०२५ मा नयाँ दिल्लीमा आयोजना गरेको तेस्रो संस्करणको कार्यक्रममा बैंकले Best BankBest AI/ML Implementation विधामा उत्कृष्ट पुरस्कार तथा Best MSME Acceleration विधामा Runner-up अवार्ड हात पारेको हो।

यस अवार्ड कार्यक्रममा नेपाल, भारत, बंगलादेश, म्यानमार र श्रीलंकाका विभिन्न बैंक तथा वित्तीय संस्थाहरुको सहभागिता थियो। कार्यक्रममा गरिमा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत माधव प्रसाद उपाध्याय र नायब प्रमुख कार्यकारी अधिकृत अनिल रेग्मीले संयुक्त रुपमा अवार्ड ग्रहण गरेका थिए।

यसअघि पनि बैंकले Emerging Asia Banking Conclave & Awards 2024 मा Best Assets Management विधामा Runner-up को अवार्ड पाएको थियो।

बैंकले प्राप्त यो उपाधिले ग्राहकलाई सरल, सुरक्षित र गुणस्तरीय सेवा प्रदान गर्ने आफ्नो लक्ष्यलाई थप ऊर्जा दिएको जनाएको छ। हाल बैंकले देशभर १२५ शाखा, १ एक्स्टेन्सन काउन्टर, ५१ एटिएम तथा नवीनतम डिजिटल बैंकिङ सेवामार्फत सेवा दिइरहेको छ।

पढ्न छुट्यो कि ?

Prabhu Bank CEO Ashok Sherchan Arrested in Major Loan Misuse Case -
  • MBL - below news
  • Laxmi Sunrise Bank Ad