प्रभु बैंक र मेडिप्लस हस्पिटलबीच विशेष छुट सम्झौता


  • KBL News Ad
  • ADBL
  • City Express
प्रभु बैंक र मेडिप्लस हस्पिटलबीच विशेष छुट सम्झौता

पोखरा - प्रभु बैंक लिमिटेड र पोखरा महानगरपालिका–११, रानीपौवामा अवस्थित मेडिप्लस हस्पिटल एण्ड ट्रमा सेन्टर प्रा.लि. बीच कर्मचारी र ग्राहकहरूका लागि विशेष छुट प्रदान गर्ने सम्झौता मिति २०८२/०४/२९ मा सम्पन्न भएको छ।

समारोहमा मेडिप्लस हस्पिटलको तर्फबाट अध्यक्ष आनन्द भट्टराई र प्रभु बैंक लिमिटेडको तर्फबाट बैंकका प्रमुख व्यवसाय केन्द्र अधिकृत एन.बि.सि.ओ. राजु राना मगरले समझदारी ज्ञापनपत्रमा हस्ताक्षर गरेका थिए।

सम्झौता अनुसार, प्रभु बैंकका ग्राहक र कर्मचारीहरूले बैंकको डेबिट/क्रेडिट कार्ड वा अन्य विद्युतीय माध्यममार्फत बिल भुक्तानी गर्दा मेडिप्लस हस्पिटलमा उपलब्ध विभिन्न स्वास्थ्य सेवाहरूमा १० प्रतिशतदेखि २५ प्रतिशतसम्म छुट पाउनेछन्। यो विशेष छुट बैंकका कर्मचारी तथा ग्राहकहरूलाई अतिरिक्त हेरचाह र सुविधा प्रदान गर्ने उद्देश्यले व्यवस्था गरिएको हो।

पोखराको रानीपौवामा अवस्थित मेडिप्लस हस्पिटल एण्ड ट्रमा सेन्टर प्रा.लि.ले गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ। उक्त साझेदारीबाट प्रभु बैंकका कर्मचारी र ग्राहकहरू प्रत्यक्ष लाभान्वित हुने अपेक्षा गरिएको छ।

  • EBL Ad news