सिद्धार्थ बैंकका ग्राहकहरुलाई सारंग हेल्थ केयर प्रा. लि. मा १०% सम्मको छुट


  • KBL News Ad
  • ADBL
  • City Express
सिद्धार्थ बैंकका ग्राहकहरुलाई सारंग हेल्थ केयर प्रा. लि. मा १०% सम्मको छुट

सिद्धार्थ बैंक र सारंग हेल्थ केयर प्रा. लि. बिच बैंकका ग्राहक महानुभावहरुलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।  सम्झौता अनुसार बखुडोल, ललितपुर स्थित सारंग हेल्थ केयरमा बैंकका ग्राहकहरूले बैंकको कार्ड वा मोबाइल बैंकिङ प्रयोग गरीे क्लिनिकल सेवाहरूको भुक्तानी गर्दा ५% सम्मको छुट तथा ल्याबोरेटरी सेवाहरूको भुक्तानी गर्दा १०% सम्मको छुट प्राप्त गर्न सक्नुहुनेछ । यस सम्झौताले ग्राहकहरुलाई छुटको सुविधा उपलब्ध गराउनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जान पनि उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ।

 
  • EBL Ad news