नेपाल बैंक लिमिटेडद्वारा दुर्घटना बीमा दाबी रकम भुक्तानी, सेवाग्राहीलाई स्वास्थ्य सेवामा समेत छुट


  • KBL News Ad
  • ADBL
  • City Express
नेपाल बैंक लिमिटेडद्वारा दुर्घटना बीमा दाबी रकम भुक्तानी, सेवाग्राहीलाई स्वास्थ्य सेवामा समेत छुट

काठमाडौं, साउन ३० — नेपाल बैंक लिमिटेडले आफ्नो सेवाग्राही तथा शिक्षक श्री रघुनन्दन यादवको निधनपश्चात् बीमा दाबी रकम भुक्तानी गरेको छ। मकवानपुर जिल्लाको थाहा नगरपालिका वडा नं. ३ मा मिति २०८२ साल जेठ १२ गते सडक दुर्घटनामा परी निधन भएका श्री यादव पालुङ शाखाको कर्मचारी तलब खाता योजनाका ग्राहक समेत थिए। बैंकले मृतकको परिवारलाई रु. ५ लाखको दुर्घटना बीमा दाबी रकम भुक्तानी गरेको हो।

मिति २०८२ साल असार २२ गते आयोजित एक कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत श्री तिलक राज पाण्डेयले श्रद्धाञ्जली अर्पण गर्दै मृतक श्री यादवकी धर्मपत्नी अमिरा कुमारी यादवलाई बीमा रकमको चेक हस्तान्तरण गर्नुभयो। सो अवसरमा प्रमुख कार्यकारी अधिकृत पाण्डेयले नेपाल बैंकले आफ्ना ग्राहकहरुको वित्तीय सुरक्षा तथा कल्याणप्रति प्रतिबद्धता जनाउँदै भविष्यमा अझ प्रभावकारी सेवाहरु प्रदान गरिने प्रतिवद्धता व्यक्त गर्नुभयो।

श्रद्धाञ्जली कार्यक्रमका क्रममा श्रीमती यादवले दुखको घडीमा बैंकबाट बिना झन्झट प्राप्त रकमले परिवारको भरणपोषणमा राहत पुगेको बताउनुभयो।

यसैबीच, नेपाल बैंक लिमिटेडले आफ्ना कर्मचारी र ग्राहकहरुलाई सौन्दर्य तथा एस्थेटिक्स सेवा प्रदायक संस्था लेट मी इन प्रा.लि. सँग विशेष छुटको सम्झौता गरेको छ। सम्झौता अनुसार, बैंकमा कार्यरत कर्मचारी र खाता रहेका ग्राहकहरुले कोरियन प्रविधिबाट प्रदान गरिने विविध सौन्दर्य सेवामा ८ देखि १५ प्रतिशतसम्म छुट पाउने छन्।

उक्त सम्झौता पत्रमा बैंकको तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत श्री प्रकाश कुमार अधिकारी र लेट मी इन प्रा.लि. का प्रबन्ध निर्देशक श्री डो सु माले हस्ताक्षर गर्नुभएको हो।

नेपालको पहिलो वाणिज्य बैंक नेपाल बैंक लिमिटेडले ग्राहक हितमा केन्द्रित यस्ता कार्यक्रमहरुलाई निरन्तरता दिँदै आइरहेको छ।

  • EBL Ad news