प्रभु बैंक लिमिटेडका सञ्चालक समितिका अध्यक्षज्यूको पदभार ग्रहण


  • KBL News Ad
  • ADBL
  • City Express
प्रभु बैंक लिमिटेडका सञ्चालक समितिका अध्यक्षज्यूको पदभार ग्रहण

प्रभु बैंक लिमिटेड का सञ्चालक समितिका नवनिर्वाचित अध्यक्ष श्री किशोर जंग कार्कीज्यूले नेपाल राष्ट्र बैंकको गभर्नर श्री रमेशराज पौडेलज्यू, समक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुहुँदै आजै बसेको बैंकको सञ्चालक समितिको 280 औं बैठकको अध्यक्षता गरी सञ्चालक समितिका अध्यक्षको पदभार ग्रहण गर्नु भएको छ । नेपाल राष्ट्र बैंक बलुवाटारमा सम्पन्न शपथ ग्रहण कार्यक्रमकाे अध्यक्षता गभर्नर श्री निमल भुषाल र डिपुटी गभर्नर श्री बम बहादुर मिश्र तथा बैंक सुपरिवेक्षण विभागका प्रभुजी श्री हिरेश गायकवडले गर्नु भएको थियो । यस अवसरमा प्रभु बैंक लिमिटेड का सञ्चालकज्यूहरू र प्रभु कार्यकारी अधिकृतज्यूको पनि उपस्थिति रहेको थियो । मिति 2081/03/19 मा सम्पन्न बैंकको तेस्रो वार्षिक साधारण सभामा सर्वसाधारण समूहका शेयरधनीहरूको प्रतिनिधित्व गर्दै बैंकको सञ्चालकमा निर्वाचित हुनु भएका श्री किशोरजंग कार्कीज्यू मिति 2081/03/19 गते सम्पन्न बैंकको सञ्चालक समितिको 280 औं बैठकबाट सञ्चालक समितिका अध्यक्ष पदमा चयन हुनु भएको हो ।

त्रिभुवन विश्वविद्यालयबाट जनप्रशासन विषयमा स्नातकोत्तर उपाधि हासिल गर्नु भएका अध्यक्षज्यू यसअघि लोक सेवा आयोग, राष्ट्रिय योजना आयोग श्रीठ तथा वित्त आयोग, अर्थ मन्त्रालय, गृह मन्त्रालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सामान्य प्रशासन मन्त्रालयको सहसचिवको रूपमा सेवा गर्नु भएको छ । त्यसैगरी निजामति किताबखाना, आन्तरिक राजस्व विभाग, संसदीय सुनुवाइ अनुसन्धान विभागमा महाशाखा प्रमुखको जिम्मेवारी सम्हाल्नुभएका अध्यक्ष किशोर जंग कार्कीज्यूले नेपाल टेलिकम, मेलम्ची खानेपानी विकास समिति, कृषि अनुसन्धान परिषद् र कृषि अनुसन्धान कोषमा सञ्चालक समिति सदस्य लगायत अन्य विभिन्न कार्यभारहरू सम्हाल्नु भएको छ ।

३८ वर्षभन्दा बढी अनुभव नेपाली सरकारी सेवामा सेवारत रही विभिन्न आयोग, विभाग तथा निकायको सफलतापूर्वक जिम्मेवारी सम्हाल्दै सेवा अनुभव हासिल गर्नु भएका अध्यक्षज्यूको नेतृत्व तथा प्रभु बैंक लिमिटेड, कर्मचारी, ग्राहक तथा सरोकार वालाहरूको सहकार्यको लागि प्रेरणादायी हुने विश्वास गरिएको छ । अध्यक्षज्यूको नेतृत्वमा प्रभु बैंकको व्यवसायिक अभिवृद्धि हुनुका साथै अत्याधुनिक प्रविधिसँगै गुणवत्तायुक्त सेवा विस्तारतर्फ थप होस्टल मिल्ने अपेक्षा गरिएको विश्वास लिइएको छ ।

 
  • EBL Ad news