तेस्रो एमबिएएन स्पोर्टस् मिट २०२५ को फुटसलतर्फको उपाधि एसबिआई क्यापिटल र एनएमबी क्यापिटलले जिते


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
 तेस्रो एमबिएएन स्पोर्टस् मिट २०२५ को फुटसलतर्फको उपाधि एसबिआई क्यापिटल र एनएमबी क्यापिटलले जिते

काठमाडौँ : तेस्रो एमबिएएन स्पोर्टस् मिट २०२५ को फुटसलतर्फको उपाधि एसबिआई क्यापिटल र एनएमबी क्यापिटलले जितेका छन्। 

मर्चेन्ट बैंकर्सहरुको छाता संगठन नेपाल मर्चेन्ट बैंकर्स संघको आयोजनामा शनिबार सम्पन्न प्रतियोगितामा पुरुषतर्फको फुटसलको उपाधि एसबिआई र महिलातर्फको उपाधि एनएमबीले जितेका हुन्। 

काठमाडौंको हाडिगाउँस्थित धनवन्तरी स्पोर्टस्‌को फुटसलमा सम्पन्न खेलमा प्रभु क्यापिटललाई हराउँदै एसबिआईले ८० हजार नगद जितेको हो। 

उपविजेता प्रभुले नगद ४० हजार जितेको छ। पुरुषतर्फ सर्वाधिक गोलकर्ता एसबिआईका पुजन खड्का भए। १३ गोल गरेका उनले १० हजार नगद पाए। 

पुरुषतर्फको उत्कृष्ट खेलाडी प्रभुका हिक्मत कुँवर भए भने उत्कृष्ट गोलकिपर एसबिआईका आलोक शिवाकोटी भए। दुबै खेलाडीले १०–१० हजार पाएका छन्। 
फुटसलको महिलातर्फको उपाधि जितेको एनएमबीले नेपाल धितोपत्र बोर्ड सेबोनलाई पेनाल्टीमा २–१ ले हराएको छ। 

निर्धारित समय बराबर भएपछि खेलको निर्णय पेनाल्टीबाट गरिएको थियो। विजेता एनएमबीले ५० हजार नगद पाएको छ भने उपविजेता सेबोनले २५ हजार आफ्नो पोल्टामा पारेको छ। 

महिलातर्फ सेबोनकी निशा थापाले सर्वाधिक ९ गोल गरिन्। उत्कृष्ट गोलकिपर एनएमबीकी निशा देवकोटा भइन् भने एनएमबीकै मोनिसा बस्नेत उत्कृष्ट खेलाडी भइन्। सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलकिपर र उत्कृष्ट खेलाडी तीनै जनाले १०–१० हजार पाएका छन्। 

विजेताहरुलाई नेपाल मर्चेन्ट बैंकर्स संघका अध्यक्ष रामेन्द्र रायमाझीले पुरस्कार, कप तथा प्रमाणपत्र दिएका छन्। प्रतियोगितामा संघमा आबद्ध २६ मध्ये २२ वटा बैंकर्सले भाग लिएका थिए।  

यसअघि शुक्रबारबाट सुरु भएको प्रतियोगितामा ब्याडमिण्टन र टेबलटेनिसका खेल सम्पन्न भएका थिए। टेबलटेनिसको पुरुषतर्फ ग्लोबल आइएमई क्यापिटलका प्रदीपराज खनाल विजयी भए। उनले एनआईएमबी क्यापिटलका परन्जय नेपाललाई हराउँदै १५ हजार नगद हात पारे। 

महिलातर्फ सिद्धार्थ क्यापिटलका कल्पना प्रधानले ग्लोबल आइएमईकी वीना अधिकारीलाई हराउँदै उपाधि जितेकी छिन्। विजेता प्रधानले १५ तथा उपविजेता अधिकारीले १० हजार पाइन्।

टेबलटेनिसकै भेट्रान्सतर्फ एनआइएमबीका पराग विष्टले उपाधि जिते। उनले कुमारी क्यापिटलका अनुप शाक्यलाई हराउँदै उपाधि जिते। 

ब्याडमिण्टनको पुरुष डबल्समा सिआइटीका पुरुषोत्तम र अनिल बस्नेत र महिलातर्फ प्रभु क्यापिटलका सिर्जना र पूजा विजयी भए। उनीहरूले मुक्तिनाथका खेलाडीलाई फाइनलमा हराए।

यसैगरी भेट्रानतर्फको उपाधि गरिमा क्यापिटलका अशोक र तुलसीले जितेका छन्। उनीहरुले फाइनलमा सानिमाका खेलाडीलाई हराएका छन्।

  • MBL - below news