हिमालयन बैंकबाट पाकिस्तानको हबिब बैंक लिमिटेड बाहिरिने भएको छ । हबिबले आफ्नो स्वामित्वमा रहेको सबै २ करोड ८० लाख १२ हजार ४ सय ४७ दशमलव ४५ कित्ता शेयर बिक्रीमा राखेको छ । जसको प्रतिकित्ता मूल्य ११२.८० रुपैयाँ तोकिएको छ।
उक्त विद्यामान संस्थापक शेयरधनीका लागि बिक्रीमा राखिएको हो । इच्छुक संस्थापक शेयरधनीले ३५ दिन भित्र बैंकको कमलादी स्थित कानून शाखामा आवेदन दिनुपर्ने छ। यदि सो समयसम्ममा संस्थापक शेयरधनीबाट आवेदन नपरेमा अन्य व्यक्ति वा संस्थालाई शेयर बिक्री प्रक्रिया अगाडी बढाईने पनि हिमालयन बैंकले स्पष्ट पारेको छ ।




