नेपाल धितोपत्र बोर्डले सन नेपाल लाइफलाई हकप्रद जारी गर्न अनुमति दिएको छ । बोर्डले कम्पनीलाई १ः०.२७ को अनुपातमा अर्थात २७ प्रतिशत हकप्रद सेयर निष्कासनको अनुमति दिएको हो।
अब कम्पनीले हाल कायम चुक्तापुँजीको अब १ अर्ब ६ करोड ९६ लाख ३२ हजार रुपैयाँबराबरको हकप्रद सेयर जारी गर्नेछ।
जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल १ करोड ६ लाख ९६ हजार ३२० कित्ता हकप्रद सेयर आफ्ना सेयरधनीहरुका लागि जारी गर्नेछ। हाल कम्पनीको चुक्तापुँजी ३ अर्ब ९६ करोड १६ लाख रुपैयाँ रहेको छ। हकप्रद बिक्रीपछि कम्पनीको चुक्तापुँजी ५ अर्ब ३ करोड १२ लाख ३२ हजार पुग्नेछ। जुन नियामकीय निकाय नेपाल बीमा प्राधिकरणले जीवन बीमकका लागि तोकेको न्यूनतम ५ अर्ब रुपैयाँभन्दा बढी हुनेछ।





