पल्लभी लुब्रिकेन्टसले आईपीओ निष्कासन गर्ने, विक्री प्रबन्धकमा नबिल इन्भेष्टमेण्ट नियुक्त


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
पल्लभी लुब्रिकेन्टसले आईपीओ निष्कासन गर्ने, विक्री प्रबन्धकमा नबिल इन्भेष्टमेण्ट नियुक्त

काठमाडौं । पल्लभी लुब्रिकेन्टस् लिमिटेडले प्राथमिक शेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । जसका लागि कम्पनीले विक्री प्रबन्धकमा नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेडलाई नियुक्त गरेको छ ।

उक्त सम्झौतापत्रमा पल्लभी लुब्रिकेन्टस् लिमिटेडको तर्फबाट कम्पनीका अध्यक्ष श्याम राठी तथा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशीले हस्ताक्षर गरेको कम्पनीले जनाएको छ । 

कम्पनीले विद्यमान धितोपत्र दर्ता तथा निष्कासनसम्बन्धी नियमावली र धितोपत्र निष्कासन तथा बाँडफाँडसम्बन्धी निर्देशिकाहरूमा भएको व्यवस्थाबमोजिम निकट भविष्यमा नियमनकारी निकायहरूबाट आवश्यक स्वीकृति प्राप्त गरी सर्वसाधारणमा प्राथमिक सेयरको सार्वजनिक निष्कासन गर्ने भएको हो ।

Read More
  • MBL - below news