गरिमा विकास बैंक ‘The HRM Awards for Corporate Excellence 2024’ बाट सम्मानित


  • KBL News Ad
  • Prabhu Bank
  • ADBL
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
गरिमा विकास बैंक ‘The HRM Awards for Corporate Excellence 2024’ बाट सम्मानित

गरिमा विकास बैंक लिमिटेड कर्पोरेट क्षेत्रमा प्रतिष्ठित 'the HRM Awards for Corporate Excellence 2024' बाट सम्मानित भएको छ । कर्पोरेट क्लब नेपालले वार्षिक रुपमा आयोजना गर्दै आएको यस अवार्ड समारोहमा यस वर्ष २२ वटा विभिन्न विधामा अवार्ड वितरण भएकोमा यस विकास बैंकलाई'Corporate Excellence 2024 in Development Bank, Regional Bank and Finance Company' विधामा उक्त अवार्डबाट सम्मानित गरिएको हो ।

माननिय गृहमन्त्री श्री रमेश लेखकज्यूको प्रमुख आतिथ्यमा २०८१ फागुन १३ गते मंगलबार द प्लाजा, ललितपुरमा आयोजना भएको उक्त अवार्डको जुरी मेम्बरमा प्रो. डा. श्री फत्त बहादुर के.सी. (जुरी चिफ), श्री सशिन जोशी (विभिन्न वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृत रहनु भई हाल अध्यक्ष, फोनपे पेमेन्ट सोलुसन प्रा.लि.), श्री सरिता अधिकारी (पूर्व डाईरेक्टर, नेपाल राष्ट्र बैंक) र दिल भुषण पाठक (वरिष्ठ पत्रकार) रहनुभएको थियो । यस उपाधिले आफ्ना ग्राहकहरुलाई निरन्तर सरल, सुरक्षित एवं गुणस्तरीय सेवा प्रदान गर्ने विकास बैंकको लक्ष्यलाई थप टेवा पुर्याएको छ भने आगामी दिनहरुमा थप गुणस्तरीय एवं ग्राहकमैत्री बैंकिङ सेवा प्रवाह गरी बैंकलाई थप सवल बनाउन उत्प्रेरित र उत्तरदायी बोध गराएको छ । यस खुसीको अवसरमा यस विकास बैंकलाई निरन्तर साथ, सहयोग एवं माया गर्नुहुने सम्पूर्ण ग्राहक महानुभावहरु, शेयरधनी महानुभावहरु, सरोकारवालाहरु, नियमनकारी निकायहरु एवं शुभचिन्तकहरु प्रति हार्दिक कृतज्ञता व्यक्त गर्न चाहन्छौं । 

हाल गरिमा विकास बैंकले देशभर १२३ शाखा कार्यालय, १ एक्स्टेन्सन काउन्टर र ५० एटिएम साथै नविनतम डिजिटल बैकिङ मार्फत सरल, सुरक्षित एवं गुणस्तरीय सेवा प्रवाह गर्दै आईरहेको छ ।  

पढ्न छुट्यो कि ?

Prabhu Bank CEO Ashok Sherchan Arrested in Major Loan Misuse Case -
  • MBL - below news
  • Laxmi Sunrise Bank Ad