नेपाल धितोपत्र बोर्ड (सेबोन) ले आइसिएफसी फाइनान्सलाई ३० करोड रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्न स्वीकृती प्रदान गरेको छ। स्वीकृती पाएसँगै कम्पनीले ३ लाख कित्ता ऋणपत्र निष्कासन गर्नेछ। सेबोनले पुस १६ गते मंगलबार ऋणपत्र निष्कासनको स्वीकृती दिएको हो।
कुल कित्तामध्ये १ लाख २० हजार कित्ता सर्वसाधारणको लागि निष्कासन गरिनेछ भने १ लाख ८० हजार कित्ता व्यक्तिगत तवरबाट विक्री गरिनेछ। कम्पनीले आगामी ७ वर्षसम्म वार्षिक ९ प्रतिशत ब्याजदरमा ऋणपत्र निष्कासन गर्ने तयारी गरेको छ। ऋणपत्र निष्कासन तथा विक्री प्रबन्धकको रुपमा कुमारी क्यापिटल लिमिटेड रहेको छ।







