समयमा एजीएम गर्न एनआईसी एशिया असफल, कर्णाली बैंक काण्डपछि निक्षेपकर्ता सशंकित


  • KBL News Ad
  • ADBL
  • City Express
समयमा एजीएम गर्न एनआईसी एशिया असफल, कर्णाली बैंक काण्डपछि निक्षेपकर्ता सशंकित

काठमाडौं । एनआईशी एशिया बैंक समयमा साधारणसभा (AGM) गर्न पनि असफल भएको छ । पुस मसान्तसम्म गर्नैपर्ने साधारणसभा गर्नबाट एनआईशी एशिया चुकेको हो । बैंकको वित्तीय विवरणमा समस्या देखिएपछि राष्ट्र बैंकले अहिलेसम्म लाेखापरीक्षण प्रतिवेदनलाई स्वीकृत गरेको छैन । 

कुनै समय देशकै उत्कृष्ठ बैंक भनेर दाबी गर्ने गरेको उक्त बैंक अब नियमित दायित्व पूरा गर्न असक्षम देखिनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ।

बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा ८९ प्रतिशतको मुनाफा गिरावट व्यहोरेको थियो । लगानी गरिएको ऋण उठ्न छाडेपछि ठूलो रकम इम्पेरिमेन्ट चार्जमा खर्च गर्दा बैंकको नाफा सबैभन्दा कमजोर बनेको हो । राष्ट्र बैंकको रेगुलेटरी रिजर्भ धान्ने नाफा नभएपछि बैंकको वितरणयोग्य नाफा नकारात्मक अवस्थामा पुगेको छ ।

धितो जफतकै लागि राम्रो सम्पत्तिमा ऋण दिने र लिलामीमा लैजाने गरेको आरोप खेपेको बैंकले धितो राखेको सम्पत्ति अहिले बिक्न सकेको छैन । आफैँले सकारेको गैरबैंकिङ सम्पत्ति पनि बिक्री हुन सकेको छैन । सम्पत्ति बिक्रीकै लागि लिलामी पोर्टल सुरु गर्नुपरेको अवस्था देखिन्छ । 

त्यसो त बैंकको खुद ब्याज आम्दानी नै घटेको छ । एनएफआरएस प्रणालीमा उठ्नुपर्ने तर नउठेको ब्याज पनि समावेश गरिन्छ । यो अवस्थामा बैंकको व्यवसाय समेत खुम्चिँदै गएको अवस्था रहेको छ ।

केही समय अघि कर्णाली विकास बैंक समस्याग्रस्त घोषणा भएपछि बजारमा बैंकको बचतमा समेत जोखिम रहेको विश्लेषण हुन थालेको छ । यस्तो अवस्थामा केही समय अघि ७० अर्बसम्म निक्षेप पलायन भएको बैंकमाथि सर्बसाधारणले बैंकमा राखिएको बचतको सुरक्षाप्रति शंकाले हेर्न थालेका छन् । त्यसैले अहिले बैंकलाई निक्षेप जोगाउनै हम्मे हम्मे परेको बताइन्छ ।

  • EBL Ad news