लुम्बिनी विकास बैंक लिमिटेड र लिजेण्ड प्रोपर्टिज प्रा.लि. बिच व्यवसायिक सम्झौता


  • KBL News Ad
  • ADBL
  • City Express
लुम्बिनी विकास बैंक लिमिटेड र लिजेण्ड प्रोपर्टिज प्रा.लि. बिच व्यवसायिक सम्झौता

लुम्बिनी विकास बैंक लि. र लिजेण्ड प्रोपर्टिज प्रा.लि. बिच आज मिति २०८१/०९/०८ मा व्यवसायिक सम्झौता भएको छ । बैंकका तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत सुमन आचार्य र लिजेण्ड प्रोपर्टिज प्रा.लि. का तर्फबाट उपाध्यक्ष पुर्ण बहादुर लिम्बुले उक्त सम्झौतमा हस्ताक्षर गरि आगामी दिनमा एक अर्कालाई व्यवसायिक रुपमा सहकार्य गर्ने गरि सम्झौता गरिएको छ । 

उक्त सम्झौता अनुसार लिजेण्ड प्रोपर्टिज प्रा.लि.ले सरकारी मापदण्ड पूरा गर्दै नेपाल सरकार शहरी विकास मन्त्रालय अन्तर्गतको उपत्यका विकास प्राधिकरण र स्थानीय निकायसँग स्वीकृति प्राप्त गरि विभिन्न ठाँउमा व्यवस्थित एवं योजनाबद्घ रुपमा विकास गरि विक्रीका लागि राखिएका जग्गा तथा निर्माण गरिएका आवाशीय घरहरु खरिद गर्ने ग्राहकहरुलाई लुम्बिनी विकास बैंक लिमिटेडले आफ्ना शाखा कार्यालयहरु मार्फत सुलभ व्याजदर तथा सरल प्रकृया मार्फत आवाश कर्जा उपलब्ध गराउने भएको छ ।

लिजेण्ड प्रोपर्टिज प्रा.लि.ले हाल नेपालको काठमाडौं उपत्यका भित्र, भक्तपुरको पलासे, सिपाडोल, चाँगुनारायण नगरपालिकाको कलामशे, काठमाडौंको दक्षिणकाली नगरपालिका चाङ्लाखेल, काभ्रेको बालुवा र कास्कीको पोखरामा गरि विभिन्न स्थानमा आफ्नो आयोजना विस्तार गरिरहेको छ ।

त्यसैगरि देशका ७ वटै प्रदेशमा शाखा सञ्चालन गरि कारोबार गर्दै आइरहेको लुम्बिनी विकास बैंक लिमिटेडको बिभिन्न स्थानहरुमा गरी ८९ वटा शाखा कार्यालयहरु तथा एक विस्तारित शाखा (एक्सटेन्सन काउण्टर) रहेकोे छ । यस लुम्बिनी विकास बैंक लिमिटेडले “निरन्तर सहयात्रा” भन्ने नाराका साथ उच्चस्तरीय, आधुनिक एवं नविनतम प्रविधिहरु सहितको सुरक्षित बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेको छ । ग्राहकहरुको आवश्यकता अनुसार सेवा दिने उद्देश्यले बैंकले बिभिन्न प्रकारका निक्षेप खाताहरु तथा सरल सुलभ तरिकाले बिभिन्न प्रकारका कर्जा सुबिधाहरु प्रदान गर्दै आइरहेको छ ।

  • EBL Ad news