काठमाडौं : महुली लघुवित्तको थप सार्वजनिक निष्कासन (एफपीओ) मा १ अर्ब ४७ करोड ४१ लाख ७२ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । सीडीएस एन्ड क्लियरिङ लिमिटेडका अनुसार यसमा आज (पुस ७ गते) साँझ ५ः०६ बजेसम्ममा १० लाख २२ हजार ११५ जनाले १ करोड ४७ लाख ४१ हजार ७२० कित्ताका लागि आवेदन दिएका हुन् । यो आवेदन मागभन्दा ३१.००५ गुणा बढी हो ।








