समता घरेलु लघुवित्तको एफपीओ बाँडफाँट, ३५ हजार ९० जनाले पाए शेयर


  • KBL News Ad
  • Prabhu Bank
  • ADBL
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
समता घरेलु लघुवित्तको एफपीओ बाँडफाँट, ३५ हजार ९० जनाले पाए शेयर

काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडको एफपीओ शुक्रवार (आज) बाँडफाँट भएको छ । कम्पनीको शेयर निष्कासन तथा विक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलको कार्यालयमा भएको बाँडफाँटमा ३५ हजार ९० जना आवेदकले शेयर पाएका छन् । 

विक्री प्रबन्धकका अनुसार पहिलो चरणमा ३५ हजार ९० आवेदकलाई १० कित्ताका दरले शेयर बाँडफाँट गर्दा बाँकी रहेको ४ दशमलव २५ कित्तामध्ये ४ जनालाई थप १-१ कित्ताका दरले र एक जनालाई थप शून्य दशमलव २५ कित्ता शेयर बाँडफाँट गरिएको हो ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा कात्तिक १२ गतेदेखि २० गतेसम्म ३ करोड ५० लाख ९० हजार ४२५ रुपैयाँ बराबरको ३ लाख ५० हजार ९०४ दशमलव २५ कित्ता शेयर निष्कासन गरेको थियो । तोकिएको अवधिभित्र १३ लाख ४८ हजार ९१२ आवेदकले १ करोड ९६ लाख ९६ हजार १८० कित्ता शेयर खरीद माग गरेको जानकारी पनि विक्री प्रबन्धकले दिएको छ ।

Read More

पढ्न छुट्यो कि ?

Prabhu Bank CEO Ashok Sherchan Arrested in Major Loan Misuse Case -
  • MBL - below news
  • Laxmi Sunrise Bank Ad