आरविवि मर्चेन्ट बैंकिङ लिमिटेडले वित्तीय शिक्षा अभिवृद्धिको लागि सचेतनामूलक कार्यक्रम आयोजना गरेको छ । कम्पनीले ग्लोलब मनि विकको अवसरमा चैत्र ९ गते नुवाकोट आदर्श बहुमुखि क्याम्पस, बिदुर ४, बट्टार मा स्नातक तथा स्नातकोत्तर तहमा अध्यनरत विधार्थीहरु तथा शिक्षक/ शिक्षिकाहरुको लागि सचेतनामूलक कार्यक्रम आयोजना गरेको हो ।
उक्त सचेतनामूलक कार्यक्रममा नुवाकोट आदर्श बहुमुखि क्याम्पसका अध्यक्ष श्रीराम श्रेष्ठ, क्याम्पस प्रमुख नारायण मान डंगोल तथा अध्यनरत विधार्थीहरु र शिक्षक शिक्षिकाहरुको उपस्थिति रहेको थियो ।






