स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडले असोज १९ गते कर्णाली प्रदेशको बिरेन्द्रनगर, सुर्खेत २० गते सुदुर पश्चिम प्रदेशको धनगढी, कैलालीमा एकै साथ २ वटा नयाँ शाखा कार्यालयहरूको उद्घाटन गरेको छ । उक्त शाखा कार्यालयहरूका स्थापनासँगै, यस बैंकले नेपालका सातै प्रदेशहरूमा आफ्नो शाखा बिस्तार गरेको हो ।
नेपाल राष्ट्र बैंकका गभर्नर महा प्रसाद अधिकारीले भर्चुअल रूपमा दुवै शाखा कार्यालयहरूको समुद्घाटन गरेका हुन् ।
बिरेन्द्रनगर सुर्खेत शाखाको १९ गते उद्घाटन समारोहमा कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री राजीव विक्रम शाह समेत उपस्थित भएका थिए ।


