साक्षरता अभिवृद्धिका लागि सानिमा रिलायन्स लाइफ र रोटरी इन्टरनेशनल बीच सहकार्य


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
साक्षरता अभिवृद्धिका लागि सानिमा रिलायन्स लाइफ र रोटरी इन्टरनेशनल बीच सहकार्य

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स र रोटरी इन्टरनेशनल डिस्ट्रिक ३२९२ बीच सहकार्य भएको छ ।

कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत “आधारभूत शिक्षा तथा साक्षरता” कार्यक्रम मार्फत पिछडिएका बर्गको साक्षरता अभिवृद्धि गर्ने उद्देश्यले सहयोग गर्ने गरी सम्झौता गरेको हो ।

उक्त सहमतिपत्रमा कम्पनीको तर्फबाट सञ्चालक समितिका अध्यक्ष रतन लाल केडिया र रोटरी इन्टरनेशनल डिस्ट्रिक ३२९२ को तर्फबाट अध्यक्ष राजेन्द्र मान शेरचनले हस्ताक्षर गरेका छन् । सो कार्यक्रममा कम्पनीको तर्फबाट सञ्चालक भरतकुमार तोदी, प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डे र रोटरी इन्टरनेशनल डिस्ट्रिक ३२९२ तर्फबाट अन्य पधाधिकारीको उपस्थिती थियो ।

Read More
  • MBL - below news