प्रोटेक्टिभ माइक्रो इन्सुरेन्सले २२ करोड ५० लाख रुपैयाँको आइपीओ जारी गर्ने


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
प्रोटेक्टिभ माइक्रो इन्सुरेन्सले २२ करोड ५० लाख रुपैयाँको आइपीओ जारी गर्ने

काठमाडौं : प्रोटेक्टिभ माइक्रो इन्सुरेन्सले २२ करोड ५० लाख रुपैयाँ बराबरको आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले प्रति कित्ता १ सय रुपैयाँ अंकित दरका २२ लाख ५० हजार कित्ता साधारण सेयर निष्कासनको प्रक्रिया अघि बढाएको छ । जसका लागि कम्पनीले साधारण सेयरको खरीद प्रत्याभूति सेवाको लागि नेपाल एसबीआई मर्चेन्ट बैंकिङ तथा नबिल ईन्भेष्टमेन्ट बैंकिङ लिमिटेडलाई नियुक्त गरेको छ । 

 

सोमबार एक कार्यक्रमका बिच नेपाल एसबीआई मर्चेन्ट बैंकिङका तर्फबाट प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत लेखनाथ पोख्रेल, नबिल ईन्भेष्टमेन्ट बैंकिङका तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशी र प्रोटेक्टिभ माइक्रो इन्सुरेन्सको तर्फ बाट प्रमुख कार्यकारी अधिकृत नरेश कुमार रोकाले उक्त सेयर प्रत्याभूति प्रदान गर्ने सम्बन्धि त्रिपक्षिय  सम्झौतापत्रमा हस्ताक्षर गरे । 

Read More
  • MBL - below news