आरती पावर कम्पनी लिमिटेडले आईपिओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल नियुक्त


  • KBL News Ad
  • ADBL
  • City Express
आरती पावर कम्पनी लिमिटेडले आईपिओ निष्कासन गर्ने,  बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल नियुक्त

आरती पावर कम्पनी लिमिटेडले सर्वसाधारणमा प्रति कित्ता अंकित मूल्य रु. १००।– दरको ३६ लाख कित्ता साधारण शेयरको सार्वजनिक निष्कासन गर्नको निमित्त ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । सो सम्बन्धमा कम्पनी र क्यापिटल बीच शेयर निष्कासन सम्बन्धी द्विपक्षीय सम्झौता सम्पन्न भएको छ । मिति २०८१ साल भाद्र ०६ गते बिहिबारका दिन आरती पावर कम्पनी लिमिटेडको रजिष्टर्ड (केन्द्रीय) कार्यालय खुर्सानीटार, काठमाण्डौंमा आयोजित एक विशेष कार्यक्रममा आरती पावर कम्पनी लिमिटेडको तर्फबाट कार्यकारी अध्यक्ष श्री भरत बहादुर खत्री र ग्लोबल आइएमई क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री मन्दिप लुइँटेलले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको छ । 
 
वि.सं. २०७२ सालमा प्रा.लि. को रुपमा दर्ता भई वि.संं.२०८० सालमा पब्लिक कम्पनीको रुपमा परिणत भएको यस कम्पनीको अधिकृत पूँजी १ अर्व ४० करोड रुपैयाँ, जारी पूँजी पनि १ अर्व ४० करोड रुपैयाँ र चुक्ता पूँजी १ अर्ब ०४ करोड रहेको यस कम्पनीले ३६ करोड रुपैयाँ बरावरको साधारण शेयर सर्वसाधारणमा निष्काशन गर्न लागेको हो । माथिल्लो इर्खुवा जलविद्युत आयोजना कोशी प्रदेश को भोजपुर जिल्लामा अवस्थित छ । आयोजना क्षेत्र भोजपुरको प्रमुख ऐतिहासिक सहर मध्येको एक डिङ्लाबाट करिब १२ किलोमिटर उत्तर पश्चिममा पर्दछ । 


आयोजना स्थल साल्पा सिलिछो गाउँपालिका र षडानन्द नगरपालिकामा पर्दछ । परियोजनाको मुख्य संरचना जस्तै हेडवर्क, सर्ज ट्यांक र पावरहाउस इर्खुवा खोलाको बायाँ किनारमा अवस्थित छ । १४.५ मे. वा. को क्षमता भएको यो आयोजना राष्ट्रिय प्रशारण लाइनमा जोडिइ यथाशक्य चाडो विद्युत वितरण कार्य गरिने योजना रहेको छ ।
यस कम्पनीमा हाइड्रो क्षेत्र लगायत अन्य विभिन्न क्षेत्रमा अनुभवप्राप्त प्रतिष्ठित व्यक्तिहरुको लगानी रहेको छ ।

  • EBL Ad news