दुई अलग अलग बीमा कम्पनीले हकप्रद शेयर निष्कासनको माग गर्दै नेपाल धितोपत्र बोर्डमा निवेदन दिएका छन् । ती कम्पनीमा जीवन बीमातर्फ सन नेपाल लाइफ र निर्जवन बीमातर्फ नेपाल इन्स्योरेन्स छ ।
सन नेपाल लाइफले चुक्तापूँजीको २७ प्रतिशत हकप्रद ल्याउन अनुमति मागेको छ। कम्पनीले असार २३ गते बोर्डमा आवेदन दिएको हो ।
धितोपत्र बोर्डले अनुमति दिएमा कम्पनीले १ अर्ब ६ करोड ९६ लाख ३२ हजार रुपैयाँ बराबरको हकप्रद शेयर निष्कासन गर्नेछ। जसअनुसार कम्पनीले आफ्ना शेयरधनीहरुलाई १०० रुपैयाँ अंकित मूल्यमा कुल १ करोड ६ लाख ९६ हजार ३२० कित्ता हकप्रद शेयर जारी गर्नेछ।




